संविधान दिवसको अवसरमा १ असोजमा एमालेले पदयात्रा निकाल्ने
२७ भदौ, काठमाडौं । एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो ।
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।
वाकथनलाई भव्य बनाउन सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको तयारी बैठकमा उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको बताए ।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । बैठकमा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमबारे जानकारी गराएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply