आयोगले तोकेको खर्चको सीमा हेरफेर हुँदैन : प्रमुख निर्वाचन आयुक्त
२७ भदौ, काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरू नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए ।
थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरूको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरे । निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए ।
त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहँदा वा नरहँदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखे । उनले मन्त्री मात्रै नभई कोही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उनले बताए ।
त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिए । बैठकमा समिति सदस्यहरूले निर्वाचन खर्च, प्रचारप्रसार लगायतका विषयमा आयोगले गरेको व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply