३१ भाद्र २०७९, शुक्रबार ०३:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जबरालाई आज पुरक प्रश्न सोधिंदै, सम्पति विवरण पनि झिकाइयो
३१ भदौ,काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान लिने भएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ ।
महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । शुक्रबार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply