कञ्चनपुरको वनहरा शिविर डुबानमा, सशस्त्र प्रहरीले उद्धार गर्दै
१ असोज,कञ्चनपुर । शुक्रबारदेखिको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व-पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ । ‘३५ जतिलाई पारी जङ्गलको उच्च भागमा सारेका छौं भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौं’, डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भने, ‘वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।
स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए । वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने । यता आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो ।
त्यसैगरी कृष्णपुर नगरपालिका-२ बङ्कस्थित खुला बस्ती पूरै डुबानमा रहेको त्यहाँका वडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । दुई सय परिवार रहेको बस्तीमा पानी पसेको छ, उनले भने, पीडितलाई उद्धार गरी जनउत्थान आधारभूत विद्यालयमा राखिएको छ । वनहरा नदीको बहाव बढेपछि बस्तीमा पानी पसेकाले आफूसहित स्थानीयवासी राति उद्धारमा खटिएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply