संविधान दिवसको अवसरमा एमालेको पदयात्रा
१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै उपत्यकामा वाकथन (पदयात्रा) निकालेको छ । उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा शुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो ।
‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण- संविधान र लोकतान्त्रिक गणतन्त्र’ नाराका साथ फरक शैलीमा ‘वाकथन’ कार्यक्रम गरेको हो । संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए ।
नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बसन्तपुरमा पुगेपछि सम्बोधन गरेका थिए । उनले सात वर्षको अवधिका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारको क्षेत्रमा असाधारण काम गरेको उल्लेख गरेका छन् । उनले समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खेलेको बताए । संविधान सभाबाट २०७२ साल असोज ३ गते ‘नेपालको संविधान-२०७२’जारी भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने




Leave a Reply