एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुङ्गो लगाउने
२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।
हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उमेदवारको नामावली आज बस्ने बैठकले निणर्य गर्ने तय गरेको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उमेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएको बताए ।
बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उमेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको उनले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ । साथै घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको उनले जानकारी दिए । बैठकले पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply