३ आश्विन २०७९, सोमबार १३:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा
३ असोज, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।
एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।
यो पटक समानुपातिक उम्मेदवार छनोटमा एमालेले यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरुलाई समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । यो मापदण्डले राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिए ।
तर एमालेले उनीकी पत्नी नैनकलालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।
उमा कोइराला, शान्ति खनाल, सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी लगायत पनि एमालेको बन्दसूचीमा अटाएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply