४ आश्विन २०७९, मंगलवार १२:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनशनरत डा. केसी काठमाडौं जान मानेनन्, सेनाको स्काइ ट्रक रित्तै फर्कियो
४ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् ।
उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेको थियो ।
आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply