नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु

५ असोज, काठमाडौं । नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु भएको छ । आज बाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो ।
बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेजअगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल-भारत सीमा, टनकपुर-महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी-दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सहडाइभर्सन योजनाबारे छलफल हुनेछ ।
त्यस्तै, कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूबारे छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, वाँणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिबारे पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल-भारत सीमा क्षेत्रका मुद्दाहरूबारे छलफल हुनेछ ।
सम्बन्धित समाचार
-
अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता
-
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
-
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित
-
एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
-
एमसीसी परियोजना कार्यन्वयन गर्न उपप्रधानमन्त्री पौडेलसँग सामन्थाको आग्रह
-
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
-
ओलीसँग डेढ घन्टा छलफल गरेर बालकोटबाट बाहिरिए प्रचण्ड
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै
-
राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान सुरु
-
टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो
-
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
Leave a Reply