डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो
५ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् ।
अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।
काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।
जस अनुसार हिजो उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply