जसपाका मन्त्री हटाउन बालुवाटारमा गठबन्धनबीच छलफल
२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाउन दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा मंसिर मंसिर ४ मा हुने निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।
सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा जसपाका मन्त्री हटाउने कि विना विभागीय बनाउने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।
त्यसअघि देउवाले जसपाका मन्त्री हटाउने वा विना विभागीय बनाउने भन्नेबारे आफू निकट कानुन व्यवसायीहरूसँग समेत छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply