उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज
२६ असोज, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।
निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।
पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरुले बागी उम्मेदवारी दिएकाले तिनीहरुको उम्मेदवारी फिर्ता गराउने प्रयास राजनीतिक दलका नेताहरुले जारी राखेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply