एमालेका बागीहरु स्वतः निष्काशित, प्रस्तावक र समर्थकलाई पनि कारबाही
२७ असोज,काठमाडौं । नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट निष्काशित हुने भएका छन् । उम्मेदवारी दिने मात्रै नभएर उम्मेद्वारलाई प्रस्ताव गर्ने र समर्थन गर्ने पनि निष्काशित हुने पार्टी उपप्रमुख तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ‘हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेद्वारहरूका विरुद्धमा उम्मेद्वारी दिने, समर्थन र प्रस्ताव गर्नेहरू कमिटी / पार्टी सदस्यहरू स्वतसः पार्टीबाट निष्काशित हुने नीतिगत निर्णय यसअघि नै भइसकेको छ र यस सम्बन्धमा थप निर्णय गरिरहनु पर्ने छैन । पार्टी कमिटी र सदस्यबाट उनीहरूको अभिलेख सम्बन्धित कमिटीहरूले हटाउने छन् ।
रिजालका अनुसार स्थायी कमिटी सदस्य घनश्याम भुसाल,प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरीले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनीहरु स्वतः अब एमालेको केन्द्रीय कमिटी लगायत साधारण सदस्यबाट निष्कासनमा परेका छन् ।
भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा बागी दिएका छन् भने साहले रौतहटमा३ ३ मा । उनीहरुलाई सत्ता गठबन्धनले सघाउँदैछ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार छन् भने गंगा थारुले दाङ १ मा बागी दिएकी छन् । त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिएका छन् । यीबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply