प्रधानमन्त्री र प्रचण्डसहित ३५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण
२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका गतिविधि गरेको भन्दै आयोगले सरकारका प्रमुखदेखि वडाअध्यक्षसम्मलाई स्पष्टीकरण सोधेको हो । आचारसंहिता मिचेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।
गत असोज २७ गतेबाट आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण सोध्न सुरु गरेको आयोगले बुधबारसम्म ३५ जनालाई पत्र काटिसकेको छ । आयोग स्रोतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि काठमाडौं महानगरपालिकाका ‘भाइरल’ वडाध्यक्ष मुकुन्द रिजालसम्मलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डबाट सुरु भएको स्पष्टीकरण प्रधानमन्त्रीको कार्यालय, सहरी विकासमन्त्री मेटमणि चौधरी, नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ’किसान’, जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म पुगेको छ ।
काठमाडौं क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बम, काठमाडौं–६ मा त्यही पार्टीका उम्मेदवार शिशिर खनाल, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ३५ जनालाई स्पष्टीकरण सोधेको आयोग स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आयोगले एक अनलाइनमा प्रकाशित समाचारका आधारमा प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टीकरण सोधेको हो । बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उमेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरूलाई आग्रह गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply