चार घण्टा सर्वसाधरणसँग केपी ओलीको टेलिफोन संवाद, आए थरिथरिका सुझाव
४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको छ । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो ।
सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभएको थियो । सोही क्रममा टिपाएकामध्ये गोलाप्रथाबाट नाम छनोट गरी ओलीले टेलिफोन गरी संवाद गर्नुभएको हो । संवादको क्रममा ओलीले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिनुभएको छ ।
ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए । ‘तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु , ओलीले फेसबुकमा लेख्नुभएको छ ।
ओलीको सचिवालयका अनुसार उहाँले आज करिब ४ घण्टा बसेर कुराकानी गर्नुभएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गर्नुभएको हो । सुझावका क्रममा उहाँलाई थरिथरिका सुझाव दिएका छन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply