इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने
४ कात्तिक, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ ।
सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो ।
प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए ।
इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।
त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो ।
आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ ।
पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका थिए । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
एक हप्ताअघि भएको उपचुनावमा उनी ७ ठाउँबाट संघीय संसदको उम्मेदवार बनेकोमा ६ क्षेत्रमा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply