यमपञ्चकको दोस्रो दिन आज काग तिहार
६ कात्तिक,काठमाडौं । दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदैछ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ ।
हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।
यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक अर्थात तिहार पर्व समापन हुन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply