चुच्चे नक्सामा समेटिएको भूमिबाट चुनावी अभियान सुरु गर्दै एमाले
८ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने कार्यक्रम तय भएको हो । नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले अध्यक्ष ओली कात्तिक १८ गते दार्चुला आउने तय भएको जानकारी दिनुभयो ।
आसन्न चुनावलाई लक्षित गरेर राष्ट्रव्यापी आमसभा सुदूरपश्चिमबाट उद्घाटन गर्ने तय भएको छ,सचिव धर्मराज पाठकले भन्नुभयो, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने छ ।
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन अध्यक्ष ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सचिव पाठकका अनुसार सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ ।भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको चुच्चे नक्सा जारी गरिएकोले दार्चुलाबाट चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्ने निर्णमा एमाले पुगेको हो ।
ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी गरेको थियो । सोही नक्सा जारी भएपछि तात्कालिन नेकपाका दोस्रो अध्यक्ष तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमन भयो भन्दै नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको शरणमा पुग्नुभएको हो ।
चुच्चे नक्सा जारी गरेबापत ओली सरकार हटाइएको तथ्य स्थापित भइसकेको अवस्थामा देशभरका जनतालाई सो तथ्य फेरि एकपटक राख्न एमालेले दार्चुलाबाट अभियान अघि बढाउन लागेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply