चुच्चे नक्सामा समेटिएको भूमिबाट चुनावी अभियान सुरु गर्दै एमाले
८ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने कार्यक्रम तय भएको हो । नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले अध्यक्ष ओली कात्तिक १८ गते दार्चुला आउने तय भएको जानकारी दिनुभयो ।
आसन्न चुनावलाई लक्षित गरेर राष्ट्रव्यापी आमसभा सुदूरपश्चिमबाट उद्घाटन गर्ने तय भएको छ,सचिव धर्मराज पाठकले भन्नुभयो, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने छ ।
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन अध्यक्ष ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सचिव पाठकका अनुसार सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ ।भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको चुच्चे नक्सा जारी गरिएकोले दार्चुलाबाट चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्ने निर्णमा एमाले पुगेको हो ।
ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी गरेको थियो । सोही नक्सा जारी भएपछि तात्कालिन नेकपाका दोस्रो अध्यक्ष तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमन भयो भन्दै नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको शरणमा पुग्नुभएको हो ।
चुच्चे नक्सा जारी गरेबापत ओली सरकार हटाइएको तथ्य स्थापित भइसकेको अवस्थामा देशभरका जनतालाई सो तथ्य फेरि एकपटक राख्न एमालेले दार्चुलाबाट अभियान अघि बढाउन लागेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply