गठबन्धन सरकारले देशको इज्जत माटोमा मिलायो : ओली
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उनका लागि भोट मागेका छन् । ओली र लिङ्देन दुवैको गृह जिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।
आज झापा–३ मा आयोजित एमाले–राप्रपाको अगुवा कार्यकर्ता भेलामा दुवै अध्यक्षले एक अर्काका लागि भोट मागेका हुन् । ओलीले लिङदेनलाई राष्ट्र र राष्ट्रियतामा प्रतिबद्ध नेता भन्दै प्रशंसा गरेका थिए ।
ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताएका छन् । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उनको भनाइ छ । उनले कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाए ।
यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुते जस्तो भएको छ, ओलीले भने ।
उनले राप्रपा अध्यक्ष लिङदेनको मूल्यांकन गर्दा उनले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गरे । सत्तामा कहिल्यै नपुगेकाले उनले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ । ‘उनी सरकारमा नै थिएनन् त कसरी विकास गर्ने ? सरकारमा नभएको पार्टी र सांसदलाई हेर्ने भनेको नीतिको आधारमा हो । विकासको कुरा त मलाई सोध्नुस् । यसमा म जबाफदेही हुन्छु, ओलीले भने ।
लिङदेनले कहिल्यै देशहितविरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ । उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनु भयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नु हुनेछ, ओलीले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply