गठबन्धन सरकारले देशको इज्जत माटोमा मिलायो : ओली
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उनका लागि भोट मागेका छन् । ओली र लिङ्देन दुवैको गृह जिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।
आज झापा–३ मा आयोजित एमाले–राप्रपाको अगुवा कार्यकर्ता भेलामा दुवै अध्यक्षले एक अर्काका लागि भोट मागेका हुन् । ओलीले लिङदेनलाई राष्ट्र र राष्ट्रियतामा प्रतिबद्ध नेता भन्दै प्रशंसा गरेका थिए ।
ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताएका छन् । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उनको भनाइ छ । उनले कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाए ।
यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुते जस्तो भएको छ, ओलीले भने ।
उनले राप्रपा अध्यक्ष लिङदेनको मूल्यांकन गर्दा उनले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गरे । सत्तामा कहिल्यै नपुगेकाले उनले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ । ‘उनी सरकारमा नै थिएनन् त कसरी विकास गर्ने ? सरकारमा नभएको पार्टी र सांसदलाई हेर्ने भनेको नीतिको आधारमा हो । विकासको कुरा त मलाई सोध्नुस् । यसमा म जबाफदेही हुन्छु, ओलीले भने ।
लिङदेनले कहिल्यै देशहितविरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ । उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनु भयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नु हुनेछ, ओलीले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply