एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छ : ओली
१५ कात्तिक, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे ।
‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन । निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्, ओलीले भने ।
ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाए । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे ।
‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमत विना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं, उनले भने ।
अन्य दलका सरकारले देशको विकास नहुने उनले दाबी गरे । प्रशासनिक झन्झट र व्यवधान हटाउन पनि बहुमतको सरकार चाहिने ओलीले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply