१६ कार्तिक २०७९, बुधबार ०३:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट
१६ कात्तिक, काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ ।
मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।
सन्दीपकाे तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारी लगायतले बहस गर्दैछन् ।
सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
सन्दीपविरुद्ध एक १७ वर्षीय युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply