सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस
१८ कात्तिक, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेसी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।
बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।
जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।
अधिवक्ता सापकोटाका अनुसार सन्दीपका तर्फबाट उपस्थित कानुन व्यवसायीले उनीविरुद्ध लगाइएको अभियोग पुष्टि गर्ने कुनै प्रमाण अभियोजनकर्ताले पेस गर्न नसकेको जिकिर गरे । उनीहरूले जाहेरीवालाको जन्मदर्ता, विद्यालयका प्रमाणपत्रहरू पेस गर्दै पीडित भनिएकी नाबालिग नभएको दाबी गरे ।
उनीहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने र धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउन सकिने तर्क गरेका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को व्यवस्थालाई उल्लेख गर्दै उनीहरूले तीन वर्षभन्दा बढी कैद सजाय हुने सबै कसुरमा अभियुक्तलाई थुनामा राख्ने सो दफाको मनसाय नभएको तर्क समेत गरे ।
सोही संहिताको दफा ६७ को उपदफा १ मा तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेका अभियुक्तलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा’ वा ‘कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा’ अदालतले त्यस्ता अभियुक्तलाई थुनामा राख्न सक्ने व्यवस्था छ । यही तर्कका आधारमा सन्दीपका कानुन व्यवसायीले उनलाई धरौटीमा रिहा गर्न माग गरेका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply