जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक : उपाध्यक्ष पौडेल
१८ कात्तिक, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार अनिवार्य भएको बताएका छन् ।
आज रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विश्वासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए । उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक रहेको बताए ।
उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिवद्धता पूरा गर्ने बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई भारी मतले विजय गराउन पनि मतदाता समक्ष आग्रह गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply