नेकपा एसका अध्यक्ष नै एमाले प्रवेश
२० कात्तिक, दोलखा । दोलखाको जिरी नगरपालिका एमालेमय भएको छ । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गरेका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किएसँगै एमालेमय बनेको हो । उनी २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्ष निर्वाचत हुनुभएको थियो ।
नेकपा एमाले दोलखाले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र वनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको बताउनु भयो ।
एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेस तथा समाजवादी छाडेर ५ दर्जनबढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो ।
जिरी नगरपालिकाको वडा नं ३ को हाँडिखोलामा आइतबार विहान भएको कार्यक्रममा एमाले दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेश क उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ती पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटि क का संयोजक इश्वरचन्द्र पोखरेल लगायतले आफ्नो भनाइ राख्दै समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply