एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहित बहुमत सदस्य एमालेमै फर्किए
२१ कात्तिक, जुम्ला । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी जुम्ला अध्यक्षसहितको बहुमत सदस्य एमालेमै फर्केका छन् । एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुवैजनाले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति एक भएको घोषणा गरेका हुन् ।
एकीकृत समाजवादी जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर कार्यसमिति समायोजन भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुनै औचित्य नहेको बताए । उनले बहुमत सदस्यसहित सबै एमालेमै फर्केकाले मंसिर ४ मा हुने निर्वाचनमा एमालेलाई पहिलो बनाउने बताए । स्थानीय तहका जनप्रतिनिधिबाहेक अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किन लागेको एक नेताले जानकारी दिए । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्लामा परेको थियो ।
एकीकृत समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको औचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको एमालेका अध्यक्ष शान्तिलाल महतले बताए । पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने उनको दाबी छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रतननाथ योगी छन् । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तीर्थ बुढाले पार्टीको जिल्ला कार्यसमिति यथावत् रहेको बताए । उनले बहुमत सदस्यसहित सबै एमालेमै फर्केको हल्ला मात्रै रहेको दाबी गरे । एकीकृत समाजवादीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासनको घोषणा गरेको छ ।
पार्टी महासचिव वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । जुम्ला पार्टीको जिल्ला कार्यसमितिको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply