एमाले जहाँ पुग्छ त्यहाँ विकास गर्छ : अध्यक्ष ओली
२२ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको बताउनुभएको छ । गृह जिल्ला झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक एमाले देशको प्रमुख पार्टी हो ।
एमाले जहाँ पुग्यो त्यहिँ विकास हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, एमाले जहाँ पुग्छ त्यहाँ विकास गर्छ, महत्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँले पनि बताएको छ, यहाँको विकासले पनि बताएको छ ।
जंगल नफाँडेर पनि जंगलको संरक्षण गर्दै सुखानी सहिद स्मृति पार्क, नजिकै पोखरीलगायत संरचना बनाइएको उहाँले बताउनुभयो । शहिदहरु नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिक निर्माण भएको यस क्षेत्र पवित्र भूमि रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply