मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता
२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ ।
नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
मनोनयन दर्ताको लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गतेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।
निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ । मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउँछ । ‘त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन भए पनि मतदानको मिति भने फेरिंदैन, उनले भने ।
प्रदेश सभा निर्वाचन ऐन २०७४ मा जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलले मात्र मनोनयन दर्ता गराउने छ । अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply