मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता
२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ ।
नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
मनोनयन दर्ताको लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गतेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।
निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ । मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउँछ । ‘त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन भए पनि मतदानको मिति भने फेरिंदैन, उनले भने ।
प्रदेश सभा निर्वाचन ऐन २०७४ मा जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलले मात्र मनोनयन दर्ता गराउने छ । अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply