दाङमा शंकर पोखरेल र कोमल वलीलाई समर्थन गर्दै दुई उम्मेदवारले गरे उम्मेदवारी निस्कृय
२४ कात्तिक, दाङ । मौलिक जरोकिलो पार्टी दाङ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र खड्काले नेकपा एमाले उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्नुभएको छ यसैगरी नेपाली जनमुक्ती पार्टी क्षेत्र नं ३ का उम्मेदवार कृष्णविर नेपालीले एमाले उम्मेदवार कोमल वलीलाई समर्थन गर्नुभएको छ ।
दुवै उम्मेदवारले विहीवार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार पोख्रेल र वलीलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो । खड्का र नेपाली विहीवारदेखि नेकपा एमालेमा प्रवेश समेत गर्नुभएको छ ।
उहाँहरुलार्ई एमाले महासचिव पोख्रेलले पार्टीमा स्वागत गर्नभयो । दुवैले नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन सवै मतदातामा अपिल समेत गर्नुभएको छ ।
दाङ क्षेत्र न. २ मा एमालेका महासचिव पोख्रेल र क्षेत्र न . ३ मा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली उम्मेदवार हुनुहुन्छ । दाङ क्षेत्र न २ को (क) मा एमालेका प्रदेश कमिटि सदस्य बलिभन्द्र राना र २(ख)मा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गिरिराज केसी उम्मेदवार हुनुहुन्छ । त्यसैगरेर क्षेत्र नं ३ को (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे र ३ (ख) मा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत उम्मेदवार हुनुहुन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply