दाङमा शंकर पोखरेल र कोमल वलीलाई समर्थन गर्दै दुई उम्मेदवारले गरे उम्मेदवारी निस्कृय
२४ कात्तिक, दाङ । मौलिक जरोकिलो पार्टी दाङ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र खड्काले नेकपा एमाले उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्नुभएको छ यसैगरी नेपाली जनमुक्ती पार्टी क्षेत्र नं ३ का उम्मेदवार कृष्णविर नेपालीले एमाले उम्मेदवार कोमल वलीलाई समर्थन गर्नुभएको छ ।
दुवै उम्मेदवारले विहीवार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार पोख्रेल र वलीलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो । खड्का र नेपाली विहीवारदेखि नेकपा एमालेमा प्रवेश समेत गर्नुभएको छ ।
उहाँहरुलार्ई एमाले महासचिव पोख्रेलले पार्टीमा स्वागत गर्नभयो । दुवैले नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन सवै मतदातामा अपिल समेत गर्नुभएको छ ।
दाङ क्षेत्र न. २ मा एमालेका महासचिव पोख्रेल र क्षेत्र न . ३ मा नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली उम्मेदवार हुनुहुन्छ । दाङ क्षेत्र न २ को (क) मा एमालेका प्रदेश कमिटि सदस्य बलिभन्द्र राना र २(ख)मा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गिरिराज केसी उम्मेदवार हुनुहुन्छ । त्यसैगरेर क्षेत्र नं ३ को (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे र ३ (ख) मा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत उम्मेदवार हुनुहुन्छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply