विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल
२६ कात्तिक, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् ।
शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।
उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जीत दर्ता गर्ने बताए ।
मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ, उनले भने, हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ ।
रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार समेत रहेका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नै पर्ने बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply