देउवा र प्रचण्ड प्रतिगमनकारी : ओली
२७ कात्तिक, कालिकोट । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गरेका छन् । कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको आरोप लगाए । ‘प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो , ओलीले भने, आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।
उनले आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गरेको बताए । ‘जोगीले मुसालाई सिंह बनाएपछि त्यो सिंहले जोगीलाई नै खान खोज्यो । जोगीले फेरि सिंहलाई मुसा नै बनाइदिए,’ ओलीले भने, ‘सिद्धिन लागेको माओवादीलाई औंलामा लिएर हिँडेको थिएँ । उनले अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको आरोप लगाए । अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् ।
आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ?कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।
तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ, ओली भने, हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नु हुन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply