सयवटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन : ओली
२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको बताएका छन् । सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप लगाए ।
उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । एमालेलाई समाप्त पार्ने षड्यन्त्रले मुखमा नअटाउने जवाफ दिन्छन् ।
गठबन्धनको कुनै लक्ष्य नभएको टिप्पणी गरे । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गरे ।
उनले आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एमालेलाई विजयी गराउन आग्रह गरे । गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै ओलीले उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने बताए ।
एमालेले बाहेक देशमा अरु कुनै दलले विकास निर्माणको काम नगरेको उनको दाबी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply