सयवटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन : ओली
२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको बताएका छन् । सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप लगाए ।
उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । एमालेलाई समाप्त पार्ने षड्यन्त्रले मुखमा नअटाउने जवाफ दिन्छन् ।
गठबन्धनको कुनै लक्ष्य नभएको टिप्पणी गरे । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गरे ।
उनले आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एमालेलाई विजयी गराउन आग्रह गरे । गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै ओलीले उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने बताए ।
एमालेले बाहेक देशमा अरु कुनै दलले विकास निर्माणको काम नगरेको उनको दाबी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply