चितवनबाट ओलीको गर्जन : घोषणापत्र बाजेको गठबन्धन चुनावपछि पनि रहन्छ रे !
२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताउनुभयो । देशले जित्न एमालेले जित्नै पर्ने उहाँले सुनाउनुभयो ।
आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताउनुभयो । एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट ग्यारेन्टी भनिसकेको बताउनुभयो । स्थीर ल्याउन एमालेलाई जिताउँनै पर्ने भन्दै उहाँले सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘चुनावपछि पनि गठबन्धन रहन्छ रे ।
सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन । संघीयताको विषयमा पनि उस्तै छ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्री चाहिएको छ कसैलाई राष्ट्रपति । घोषणापत्र नै बाजेको छ। केही लागू गदैनन् । त्यसैमा झगडा गरिबस्छन्।’
उहाँले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गर्नुभयो । गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने दाबी गर्नुभयो । कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गर्नुभयो । अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको पनि उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply