चितवनबाट ओलीको गर्जन : घोषणापत्र बाजेको गठबन्धन चुनावपछि पनि रहन्छ रे !
२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताउनुभयो । देशले जित्न एमालेले जित्नै पर्ने उहाँले सुनाउनुभयो ।
आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताउनुभयो । एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट ग्यारेन्टी भनिसकेको बताउनुभयो । स्थीर ल्याउन एमालेलाई जिताउँनै पर्ने भन्दै उहाँले सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘चुनावपछि पनि गठबन्धन रहन्छ रे ।
सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन । संघीयताको विषयमा पनि उस्तै छ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्री चाहिएको छ कसैलाई राष्ट्रपति । घोषणापत्र नै बाजेको छ। केही लागू गदैनन् । त्यसैमा झगडा गरिबस्छन्।’
उहाँले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गर्नुभयो । गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने दाबी गर्नुभयो । कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गर्नुभयो । अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको पनि उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply