आज र भोली चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली प्रदेश १ मा
३० कात्तिक, काठमाडौं । देश दौडाहामा रहनुभएको एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश–१ मा जानु भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश–१ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ बजे सुनसरीको दोहोबीमा र अहिले २ बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै अध्यक्ष ओलीले आज साझ ६ बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहको बरालले जानकारी दिनुभयो । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जानुहुनेछ । यस्तै अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष ओलीले भोलि झापाको क्षेत्र नम्बर–१ को काँकडभिट्टा र ५ को खजुरगाठिमा चुनावी सभालाई सम्बोधन गर्नुहुने चुनावी कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो । भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ । त्यस समयमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply