आज र भोली चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली प्रदेश १ मा
३० कात्तिक, काठमाडौं । देश दौडाहामा रहनुभएको एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश–१ मा जानु भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश–१ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ बजे सुनसरीको दोहोबीमा र अहिले २ बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै अध्यक्ष ओलीले आज साझ ६ बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहको बरालले जानकारी दिनुभयो । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जानुहुनेछ । यस्तै अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष ओलीले भोलि झापाको क्षेत्र नम्बर–१ को काँकडभिट्टा र ५ को खजुरगाठिमा चुनावी सभालाई सम्बोधन गर्नुहुने चुनावी कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो । भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ । त्यस समयमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply