ओलीको अपिल- देशको भविष्य कसको हातमा सुम्पिने ? स्पष्ट निर्णय गर्ने बेला आयो
३० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका मतदातालाई देशको भविष्य शेरबहादुर देउवाको हातमा सुम्पिने कि आफ्नो हातमा भन्ने प्रश्न गरेका छन् ।
निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई भिडिओ सन्देशमार्फत ओलीले अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने भन्ने स्पष्ट निर्णय गर्ने बेला आएको बताएका छन् । अध्यक्ष ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झिन आग्रह समेत गरेका छन् ।
ओलीले भनेका छन्- अब स्पष्ट निर्णय लिने बेला आएको । अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने रु शेरबहादुर देउवाको हातमा कि मेरो हातमा रु त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला,पहिलो आफ्नै भविष्य र दोस्रो छोराछोरीको भविष्य ।
ओलीले यो गठबन्धन रहिरहे मुलुक बरबाद हुने र जनताका तथा देशको भविष्य समेत बरबाद हुने भन्दै एमालेलाई जिताउन अपिल गरेका छन् । उनले आफू पटक पटक मृत्युको मुखबाट फर्किएकाले देश र जनताको समृद्धिबाहेक अरू कुनै स्वार्थ नरहेको समेत प्रष्ट पारेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply