तीन दिनमा एक लाख ७८ हजार ५८४ जना भोट हाल्न उपत्यकाबाट बाहिरिए
३ मंसिर, काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न घर जान शनिबार बिहानैदेखि नयाँ बसपार्क बालाजुमा सर्वसाधरणको लावालस्कर लागेको छ ।
निर्वाचनका लागि आज बिहानसम्म काठमाडौं उपत्यकाबाट एक लाख ७८ हजार ५३४ जना यात्रु बाहिरिएका छन् । आ–आफ्ना जिल्लामा मतदाताहरूलाई लैजान दलहरूबीच प्रतिस्पर्धा चलेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार र शनिबार बिहानसम्म ९ हजार २१७ सवारीमा ६५ हजार १४३ जना यात्रु बाहिरिएका हुन् ।
अधिकांश यात्रुहरू रिजर्भ गाडीमा गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् । उनका अनुसार शनिबार साँझसम्म मतदानका लागि यात्रु बाहिरिने छन् । कोटेश्वर, गौशाला, चावहिल, गोंगबु र कलंकी लगायत स्थानमा विभिन्न जिल्ला जाने यात्रुको भीड छ ।
‘सबैभन्दा धेरै यात्रु शुक्रबार र शनिबार बाहिरिएका छन्,’ एसएसपी भट्टले भने, ‘उपत्यका छाड्ने बढेका र सार्वजनिक बिदाले गर्दा उपत्यकामा अघिपछि भन्दा ट्राफिक जाम कम छ । उपत्यकाका सडकमा सवारी चाप कम छ । कम सवारी गुडेको ट्राफिक प्रहरीले जनाएको छ ।
अघिपछि उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या उस्तै भए पनि अहिले भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या धेरै रहेको एसएसपी भट्टले जानकारी दिए । उनका अनुसार बुधबार ७ हजार ७०९ सवारीमा ५५ हजार १४७ यात्रुले उपत्यका छाडेका थिए । बिहीबारदेखि शुक्रबार बिहानसम्म ८ हजार सवारीमा ५८ हजार २९४ यात्रु बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारका अनुसार विभिन्न पार्टीका उम्मेदवारले आआफ्नो हिसावले गाडी रिजर्भ गरेर मतदाता लगिरहेका छन् । महासंघका अनुसार स्थानीय तहको चुनावमा करिब १० लाख हाराहारी यात्रु बाहिरिएका थिए ।
अहिले भने तिहारमा गएका यात्रु कमै फर्किएका र विद्यार्थी लगायत सर्वसाधारण फेरि भोट हाल्न आ–आफ्नो जिल्ला गएको उनको भनाइ छ । गाडी समयमै नपुग्ने ठाउँमा जहाज र हेलिकप्टरमार्फत पनि उम्मेदवारले मतदाता लगिरहेको अध्यक्ष स्वारले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply