४ मंसिर २०७९, आईतवार ०३:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चुनावबाट एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित हुन्छ : शंकर पोखरेल
४ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।
आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए ।
हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्याउनेछ’ उनले भने ।
मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने पनि महासचिव पोखरेलले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply