मंसिर १५ सम्ममा एमालेको वहुमत सरकार बन्छ : ओली
४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले शान्तिपूर्णं ढंगले निर्वाचन हुनुपर्ने बताए ।
‘यो निर्वाचन देशको लागि महत्वपूर्ण छ, उनले भने, ‘एमालेले बहुमत ल्याउँछ भनेर पहिलेदेखि नै भनिरहेको छु । आज पनि त्यही छ । उनले मतदान गर्न बाँकी रहेकालाई उत्साहपूर्वक मतदान गर्न आह्वान पनि गरे । ओलीले राजनीतिलाई दिशाहीन बनाउने प्रयासबाट मुक्त गराउनु पर्ने बताए । उनले आफूहरुसँग सहकार्य गरेकाहरुसँग चुनावपछि पनि गठबन्धन रहने बताए ।
उनले आगामी मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने दावी गरेका छन् । ‘हाम्रो बहुमतको सरकार बन्छ । मंसिरभरी पनि लाग्दैन, उनले भने, ‘सरकार बन्छ, हाम्रो सरकार बन्ने भएपछि गठबन्धन गर्नु पर्दैन । तर हामीसँग सहकार्य गरिरहेकालाई सरकारमा ल्याउँछौं । उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए । सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि उनले बताए ।
रौतहटमा झडप भएको सुनेको छु । रोल्पामा हाम्रो उपसचिवलाई हातपात भएको छ । चितवनको घटना आएको छ, जहाँ विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन खोजेका छन्, उनले भने, अप्रिय कुरा आइरहे पनि आमरुपमा राम्रो भएको छ । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन्छ । जनताको सजगताले एउटा सन्देश दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply