मंसिर १५ सम्ममा एमालेको वहुमत सरकार बन्छ : ओली
४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले शान्तिपूर्णं ढंगले निर्वाचन हुनुपर्ने बताए ।
‘यो निर्वाचन देशको लागि महत्वपूर्ण छ, उनले भने, ‘एमालेले बहुमत ल्याउँछ भनेर पहिलेदेखि नै भनिरहेको छु । आज पनि त्यही छ । उनले मतदान गर्न बाँकी रहेकालाई उत्साहपूर्वक मतदान गर्न आह्वान पनि गरे । ओलीले राजनीतिलाई दिशाहीन बनाउने प्रयासबाट मुक्त गराउनु पर्ने बताए । उनले आफूहरुसँग सहकार्य गरेकाहरुसँग चुनावपछि पनि गठबन्धन रहने बताए ।
उनले आगामी मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने दावी गरेका छन् । ‘हाम्रो बहुमतको सरकार बन्छ । मंसिरभरी पनि लाग्दैन, उनले भने, ‘सरकार बन्छ, हाम्रो सरकार बन्ने भएपछि गठबन्धन गर्नु पर्दैन । तर हामीसँग सहकार्य गरिरहेकालाई सरकारमा ल्याउँछौं । उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए । सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि उनले बताए ।
रौतहटमा झडप भएको सुनेको छु । रोल्पामा हाम्रो उपसचिवलाई हातपात भएको छ । चितवनको घटना आएको छ, जहाँ विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन खोजेका छन्, उनले भने, अप्रिय कुरा आइरहे पनि आमरुपमा राम्रो भएको छ । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन्छ । जनताको सजगताले एउटा सन्देश दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply