१३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि
६ मंसिर, काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ ।
अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसकेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका हुन् ।
जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा एमाले ३८, नेकपा माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।
समानुपातिकतर्फ एमाले अघि
समानुपातिकतर्फको मतणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार तीन सय ३७, माओवादी केन्द्रले २९ हजार ६ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टीले पाँच हजार आठ सय ३३, जनमत पार्टीले पाँच हजार चार सय ५५, नेपाल मजदुर किसान पार्टीले चार हजार चार सय ३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार पाँच सय ३८, नेकपा एकीकृत समाजवादीले तीन हजार ४६० मत प्राप्त गरेका छन् । रासस
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply