समानुपातिकमा एमाले-कांग्रेसले चार लाख नघाउँदा, नेकपा एसको हरिबिजोग (सूचीसहित)
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मतभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ५४ हजार चार सय ९ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १८ हजार एकसय ९७ मत ल्याएको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३५ हजार ८ सय ७ मतसहित तेस्रो स्थानमा रहेको छ । यस्तै नेकपा माओवादी केन्द्रले एक लाख ९३ हजार ६ सय १६ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २४ हजार ६ सय ६७, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय ३१, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ६२, जनमत पार्टीले २८ हजार ५ सय ८७, नेकपा एकीकृत समाजवादीले २८ हजार ४ सय ४४ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार ९ सय ७२ मत ल्याएको छ । विभन्नि साना दलहरुको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनु पर्छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply