प्रचण्ड-माधवले देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाए : योगेश भट्टराई
९मंसिर, ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको बताउनु भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाएको बताउनु भयो ।
‘मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु,’ सचिव भट्टराईले भन्नुभयो ।
उहाँले ताप्लेजुङको चुनावका क्रमा सत्ता गठबन्धनले जातीय सद्भाव भड्काउने, जिल्लालाई अशान्त बनाउने र चुनावको बेला बदमासी गरेर धाँधली भएको भन्दै प्रदेश ख को चुनाव पराजयको समिक्षा हुने बताउनु भयो । उहाँले चाँडै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर पार्टीले अबको नीति तय गर्ने समेत जानकारी दिनुभयो ।
भट्टराईले एमालेसँग मिलेर चुनाव लड्दा ५३ सीट जितेको माओवादीले यसपटक कांग्रेससँँग मिलेर लड्दा २५ सीटमा खुम्चिने अवस्था रहेको बताउनु भयो । भट्टराईले कांग्रेससँगको समिकरण फाइदाजनक भयो कि भएन भनेर समीक्षा गर्न माओवादीलाई सुझाव दिनुभएको छ ।
मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु
प्रचण्डले यही ताप्लेजुङ आएर अनन्तकालसम्म गठबन्धन रहन्छ भन्नुभयो । तर एकपटक सोच्नुस् आज तपाईंको हालत के भयो ? एमालेको विरोध गरेर, केपी ओलीको विरोध गरेर केही फाइदा छैन तपाईंहरुलाई । सत्ताको भर्याङ मात्र बन्ने हो भने माओवादीको के औचित्य छ ? भट्टराईको प्रश्न थियो ।
सचिव भट्टराईले एमालेको विभाजन गरेर माधव नेपालले लगेको सीटको ब्याज त होइन साँवा पनि जित्न नसकेको बताउनु भयो । एमालेको नेतृत्वमा विशाल कम्युनिस्ट आन्दोलन अघि बढ्न नदिन प्रचण्ड माधवले साथ दिएको भन्दै उहाँले पार्टी विभाजनको औचित्य चुनावले पुष्टि गर्न नसकेको ठोकुवा गर्नुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply