प्रचण्ड-माधवले देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाए : योगेश भट्टराई
९मंसिर, ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले जनताले सत्ता गठबन्धनको औचित्य समाप्त पारिदिएको बताउनु भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले प्रचण्ड र माधव नेपालले अब देउवाको सहयोगी भूमिकामा रहनुको औचित्य पनि गुमाएको बताउनु भयो ।
‘मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु,’ सचिव भट्टराईले भन्नुभयो ।
उहाँले ताप्लेजुङको चुनावका क्रमा सत्ता गठबन्धनले जातीय सद्भाव भड्काउने, जिल्लालाई अशान्त बनाउने र चुनावको बेला बदमासी गरेर धाँधली भएको भन्दै प्रदेश ख को चुनाव पराजयको समिक्षा हुने बताउनु भयो । उहाँले चाँडै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर पार्टीले अबको नीति तय गर्ने समेत जानकारी दिनुभयो ।
भट्टराईले एमालेसँग मिलेर चुनाव लड्दा ५३ सीट जितेको माओवादीले यसपटक कांग्रेससँँग मिलेर लड्दा २५ सीटमा खुम्चिने अवस्था रहेको बताउनु भयो । भट्टराईले कांग्रेससँगको समिकरण फाइदाजनक भयो कि भएन भनेर समीक्षा गर्न माओवादीलाई सुझाव दिनुभएको छ ।
मंसिर ४ गतेको चुनावले तपाईहरुको गठबन्धनको औचित्य समाप्त भएको छ । कांग्रेसलाई बोक्नुपर्ने, प्रचण्ड र माधव नेपालले देउवाको दुईतिर समातेर कुर्सीमा बसाउनुपर्ने औचित्य समाप्त भएको छ । उहाँहरुले पनि अब नयाँ ढंगले सोच्नुहोस् भन्ने आग्रह गर्छु
प्रचण्डले यही ताप्लेजुङ आएर अनन्तकालसम्म गठबन्धन रहन्छ भन्नुभयो । तर एकपटक सोच्नुस् आज तपाईंको हालत के भयो ? एमालेको विरोध गरेर, केपी ओलीको विरोध गरेर केही फाइदा छैन तपाईंहरुलाई । सत्ताको भर्याङ मात्र बन्ने हो भने माओवादीको के औचित्य छ ? भट्टराईको प्रश्न थियो ।
सचिव भट्टराईले एमालेको विभाजन गरेर माधव नेपालले लगेको सीटको ब्याज त होइन साँवा पनि जित्न नसकेको बताउनु भयो । एमालेको नेतृत्वमा विशाल कम्युनिस्ट आन्दोलन अघि बढ्न नदिन प्रचण्ड माधवले साथ दिएको भन्दै उहाँले पार्टी विभाजनको औचित्य चुनावले पुष्टि गर्न नसकेको ठोकुवा गर्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply