समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि
११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ :३० बजेसम्म एमालेले २२ लाख ७९ हजार ८२२ मत प्राप्त गरेको छ । कांग्रेसले २१ लाख ७४ हजार ६०५ मत पाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ५२ हजार ९७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार ९ सय ७२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार ८सय ८५, जनता समाजवादी पार्टीले दुई लाख ७४ हजार ४२०, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार ७७५, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६६६ र जनमत पार्टीले २ लाख ९ हजार ८७१ मत प्राप्त गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply