समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि
११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ :३० बजेसम्म एमालेले २२ लाख ७९ हजार ८२२ मत प्राप्त गरेको छ । कांग्रेसले २१ लाख ७४ हजार ६०५ मत पाएर दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले ९ लाख ५२ हजार ९७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार ९ सय ७२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८३ हजार ८सय ८५, जनता समाजवादी पार्टीले दुई लाख ७४ हजार ४२०, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार ७७५, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६६६ र जनमत पार्टीले २ लाख ९ हजार ८७१ मत प्राप्त गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply