११ मंसिर २०७९, आईतवार ०४:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इलाम-२ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिजयी
११मंसिर, इलाम । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ ।
संबिधानसभा सदस्यसमेत रहनुभएका एमाले उपाध्यक्ष नेम्वाङ ११४ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।
उहाँले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्नुभएको हो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । उहाँ ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित हुनुहुनछ ।
शनिवार दिउसो नै मतगणना सकिए पनि कांग्रेसले नारावाजीसहित परिणाम घोषणामा अवरोध गरेपछि निर्वाचन आयोगले राती अन्तिम समयको मतगणना पुन गरी परिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशनपछि आयोगले परिणाम सार्वजनिक गर्दा नेम्वाङ ११४ मतले बिजयी बन्नुभएको हो ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply