सुनसरी-४ मा रोकिएको मतगणना अनिश्चित
११ मंसिर, सुनसरी । सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित हुँदा अन्योलता सिर्जना भएको छ ।
बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो ।
बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।
मन्त्री कार्कीले आइतबार बिहानको बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए। सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् ।
पराजय हुनेदेखेपछि सत्ता र शक्तिको आडमा काङ्ग्रेसले बखेडा झिकेको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस पुन: मतगणनाको पक्षमा रहेको छ । एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ । एमाले पुन: मतगणना गर्ने पक्षमा छैन ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार जीवनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् ।
बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।
बराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं. वडा, हरिनगराको दुई वटै वडा र कोशीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो ।
भोक्राहा ७ र कोशी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply