सुनसरी-४ मा रोकिएको मतगणना अनिश्चित
११ मंसिर, सुनसरी । सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित हुँदा अन्योलता सिर्जना भएको छ ।
बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो ।
बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए ।
मन्त्री कार्कीले आइतबार बिहानको बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए। सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् ।
पराजय हुनेदेखेपछि सत्ता र शक्तिको आडमा काङ्ग्रेसले बखेडा झिकेको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस पुन: मतगणनाको पक्षमा रहेको छ । एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ । एमाले पुन: मतगणना गर्ने पक्षमा छैन ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार जीवनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् ।
बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।
बराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं. वडा, हरिनगराको दुई वटै वडा र कोशीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो ।
भोक्राहा ७ र कोशी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply