बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय
१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।
मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।
आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।
नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।
नेकपा एमालेले स्याङ्जा २ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना सुरु गर्न दिएको थिएन । तर नेपाली कांग्रेसले गुरुङ मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो ।
स्याङ्जा–२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका उम्मेदवारसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका थिए ।
यो क्षेत्रमा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।
बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन ।
बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।
मतदानमा भएको स्याङ्जा–२, बाजुरा र दोलखामा विवादका कारण मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply