बाजुरा : अन्योलमा मतगणना, एमालेलाई बोलाएर आज पनि सर्वदलीय बैठक
१५ मंसिर, काठमाडौं ।बाजुराको मतगणना सुरु भएको छैन्। निर्वाचन आयोगले बुधबार दिउँसो मतगणनाका लागि निर्देशन दिएपछि अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो।
निर्वाचन आयोगको निर्देशन लगत्तै मतगणना सुरु गर्नका लागि त्यहाँ सर्वदलीय बैठक बोलाइएको थियो। तर, बुधबार बोलाइएको बैठकमा नेकपा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना सुरु हुन सकेको थिएन।
बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आज (१५ मंसिर) बिहान ७ बजेका लागि पुनः सर्वदलीय बैठक बोलाइएको छ। ‘हिजोको सर्वदलीय बैठकमा एमालेका प्रतिनिधिहरु उपस्थित हुनुभएन्, आज बिहान ७ बजेलाई हामीले पुनः सर्वदलीय बैठक बोलाएका छौं, पौडेलले भने, हामीले बैठकमा उपस्थित हुनका लागि एमालेलाई खबर गरेका छौं,
मतगणना कहिलेबाट र कसरी सुरु हुने भन्नेबारेमा सर्वदलीय बैठकपछि मात्रै निर्णय हुने उनले बताए।
बाजुरा : सर्वदलीय बैठकमा एमाले नगएपछि मतगणना अझै अन्योल
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।
मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।
नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply