संसदमा १२ दल, नेकपा एससहित ५ पार्टीले नपाउने भए राष्ट्रिय दलको मान्यता
१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन ।
निर्वाचनको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन ।
राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ’थ्रेस होल्ड ’ कटाउनुपर्ने कानुनी व्यवस्था छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ’थ्रेस होल्ड’ कटाउन नसकी राष्ट्रिय दलको मान्यता नपाउने सूचीमा परेको छ ।
समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेको छ । सो दलले अव ’थ्रेस होल्ड’ कटाउनेसंभावना सकिएको छ । यस्तै प्रत्यक्षतर्फ जितेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply