सुकुमबासी बस्ती हटाउन मेयर शाहले गृहमन्त्री लामिछानेलाई पठाए पत्र
१४ पुस, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृह मन्त्रालयलाई सहयोग मागेको छ । बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको हो । महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालय गुहारेको हो ।
महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भए पनि प्रयास सफल हुन नसकेको बताएका छन् ।
उनले भने, विशेष गरी थापाथलीस्थित उल्लेखित क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ । यस महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसका लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।
अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित÷अनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएता पनि सो सफल हुन नसकेको महानगरको निष्कर्ष छ ।
गृहमन्त्रीमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै महानगरले मन्त्रालयलाई समन्वयको लागि भन्दै पत्र पठाएको हो । महानगरले यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी नपाएको बताउँदै आएको छ । यसअघि थापाथलीको अनधिकृत बस्ती हटाउने क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप भएको थियो । थापाथलीमा बस्दै आएका सुकुम्बारी उचित व्यवस्थापन विना आफूहरुलाई हटाउन नपाइने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने

Leave a Reply