अवकाशमा जान लागेका उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् । तर, अवकाशमा जानुअघि उनलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो ।
उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, उहाँसँग केही विषय बुझ्नुपर्ने भएकाले जङ्गी अड्डास्थित ब्यारेकमा बस्न भनिएको छ । उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन ।
सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक स्रोत बतायो । अवकाशको १५ दिन अघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply