बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि
२५ पुस, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व हुने भएको छ । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने स्रोत बताउँछ ।
सुरुमा राप्रपाबाट एक र एमालेबाट एक मन्त्री बनाउने तयारी भएको छ,’ स्रोतले भन्यो, उनीहरुलाई दिइने जिम्मेवारी र बाँकी मन्त्री नियुक्तिको काम भने सत्तारुढ गठबन्धनबीच भागबण्डा टुंगिएपछि मात्र हुने छ ।
एमालेले पहिलो चरणमा सरकारमा जगन्नाथ थपलियालाई पठाउने तयारी गरेको छ । यद्यपि, राप्रपाबाट भने कसलाई सामेल गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply