यो स्थिर र स्थायी सरकार हो, हल्लाको पछि नलाग्नु होला : ओली
२५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्थिर र स्थायी’ सरकारका रुपमा चल्ने दावी गरेका छन् ।
आज (सोमबार) सरकारको नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गरे । ‘यो सरकार ढाल्ने खेल हुन्छ कि भनेर नसोच्नु होला । धेरै खेलाडी रिङ बाहिर छन् । सरकार बनाएको स्थायित्वका लागि हो । इपेक्टिभ सरकारका रुपमा अघि बढ्छ, ओलीले भने । उनले अहिले सरकारलाई १८५ जति सांसदको समर्थन रहेको भन्दै भोलिसम्म अझै थपिन सक्ने बताए ।
अध्यक्ष ओलीले संसदको पहिलो पार्टी नेपाली कांग्रेसले विश्वासको मत दिए अफ्ठ्यारो नमान्न आग्रह गरेका छन् । ‘संसदमा रहेका करिब सबै दलको सरकारलाई समर्थन छ । एक हिसाबले भन्ने हो भने असधारण मत पनि छ । भोलि झन असाधारण मतको अपेक्षा हामी गर्न सक्छौं । त्यसमाथि ८५–८८ थपिए पनि अफ्ठ्यारो मान्नु पर्दैन, उनले भने ।
उनले कांग्रेसतर्फ इंगित गर्दै गिलास बाहिर पानी हाल्नुको अर्थ नरहेको कटाक्ष गरेका छन् । ‘गिलासमा पानी थापिरहेको छ । गिलासमा नहालेर बाहिर किन हाल्ने ? सबैले गिलासमै पानी हाल्नु हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
उनले सबै पार्टीलाई गठबन्धनको सरकारलाई विश्वासको मत दिन आह्वान गरे । उनले दलहरूबीच केही मतभेद भए पनि स्थायित्वका लागि एक हुन आग्रह गरे । यो सरकार नेपाली जनताले चुनेर बनाएको संसदको, जनता र संसदको अभिमतबाट बनेको सरकार हो । यसको मर्म बुझेर, आशंका नगर्न आग्रह गर्दछ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply